अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ३४८१ जनामा कोरोना पुष्टि, ३० संक्रमितको मृत्यु

देशभर आज ३४८१ जनामा कोरोना पुष्टि, ३० संक्रमितको मृत्यु


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट ५ हजार ७४९ जनाको परीक्षण गरिएको थियो ।

पीसीआरबाट २६१६ र एन्टिजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् भने थप ३० जनाको मृत्यु भएको छ ।