अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशको मुद्दा संवैधानिक इजलासमा सर्‍यो, अन्तरिम आदेश भएन

लुम्बिनी प्रदेशको मुद्दा संवैधानिक इजलासमा सर्‍यो, अन्तरिम आदेश भएन


काठमाडौं– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट संवैधानिक इजलासमा सरेको छ ।

रिट निवेदकको मागअनुसार अदालतले अन्तरिम आदेश नदिएका कारण अब विशेष अधिवेशनको प्रक्रिया नरोकिने भएको छ ।

डा. आनन्दमोहन भट्टराईको इजलासले बुधबार यो रिटलाई ‘गम्भीर संवैधानिक विषय’ भन्दै संवैधानिक इजलासमा पठान आदेश दिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार रिटमा अन्तरिम आदेश नभएका कारण प्रदेशसभाको बैठक सुचारु हुने बाटो खुलेको छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै प्रदेश सभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रदेश प्रमुखको कार्यालय लुम्बिनी समेतलाई विपक्षी बनाइएको थियो ।