धनगढी– कैलालीको भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको मृत्यु भएको हो।
चुरे गाउँपालिका-६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा जोरायल-१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे-६ का सुशील साउँद घाइते भएका छन् ।
दुर्घटना स्थल जिल्लाको चुरे गाउँपालिका–३ मा पर्छ । जीप सडकबाट जीप झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया