अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन गर्न कांग्रेसलाई महाभारत

महाधिवेशन गर्न कांग्रेसलाई महाभारत


काठमाडौं– महाधिवेशन गर्न नसकेर समस्याग्रस्त सत्तारुढ दल नेपाली कांग्रेसको आज केन्द्रीय समिति बैठक बस्दैछ।

दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका हुनेछ। कोरोना संक्रमणको त्रास र क्रियाशील सदस्यता विवादले गर्दा पार्टीको महाधिवेशन प्रभावित भइसकेको छ।

कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सक्नेगरि अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता विवाद देखाउँदै साउन १२ गते तय गरिएको गाउँ ( नगरको वडा अधिवेशन, साउन १६ गते तय गरिएको गाउँ नगरपालिका अधिवेशन, साउन २० गते तय गरिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन २३ गते तय गरिएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ( एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन स्थगित भइसकेको छ। साउन २६ गतेका लागि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको मिति पनि टरिसकेको छ।

पार्टीको केन्द्रीय अधिवेशन भदौमा तोकिएको समयमा नहुने निश्चित भइसकेको छ। कसरी अघि बढ्ने भन्ने विषयमा दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री एवं दलका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधवार छलफल चलेको थियो। यद्यपि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद बढाइयो। उक्त समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो।