अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कुलप्रसादको दाबी, ४२ सांसदको समर्थन, सूर्यचिन्हधारी पनि सहभागी

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कुलप्रसादको दाबी, ४२ सांसदको समर्थन, सूर्यचिन्हधारी पनि सहभागी


काठमाडौं- लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)ले दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाउनुभएको छ ।

केसीको समर्थनमा सूर्य चिन्हबाट चुनाव जितेका हृदयश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही समेत मिसिएका छन् । लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।