अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले ल्याएकाे श्वेतपत्र पूर्वाग्रहकाे पुलिन्दा : खिमलाल भट्टराई

सरकारले ल्याएकाे श्वेतपत्र पूर्वाग्रहकाे पुलिन्दा : खिमलाल भट्टराई


काठमाडाैं– प्रमुख प्रतिपक्षी राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएकाे श्वेतपत्र पूर्वाग्रहकाे पुलिन्दा भएकाे बताउनुभएकाे छ ।

बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएकाे आर्थिक अवस्थासम्बन्धी जानकारीबारेकाे छलफलमा भाग लिँदै सांसद भट्टराई साे कुरा बताउनुभएकाे हाे । काेभिड महामारीकाे विषम परिस्थितिमा अघिल्लाे सरकारले गरेकाे आर्थिक,भाैतिक लगायत पक्षकाे विकासलाई सकारात्मक लिनुपर्नेमा त्यसाे नभएकाे उहाँले बताउनुभयाे ।

मुलुककाे अर्थतन्त्रकाे रक्षा र विकास गर्दै अघिल्लाे सरकार अगाडि बढेकाे भएपनि श्वेत पत्रमा त्याे चर्चा नै नभएकाे खिमलाले बताउनुभयाे । उहाँले भन्नुभयाे, सायद मन्त्रीज्यू भित्र रहेकाे पूर्वाग्रहले यसाे गर्न दिएनकी भन्ने मलाई लाग्छ, पूर्वाग्रहकाे पुलिन्दा मन्त्रीज्यूले प्रस्तुत गर्नुभयाे भन्ने मलाई लाग्छ ।’

अघिल्लाे सरकारले ऋण बढायाे भनेर बाहिर निक्कै नकारात्मक प्रचार गरिएकाेमा असन्तुष्टि जनाउँदै खिमलालले भन्नुभयाे, ‘के याे सरकारले वैदेशीक ऋण बिनै अगाडि बढ्ने नीति बनाएकाे हाे?’ अध्यादेशकाे चर्चाबारे प्रश्न गर्दै खिमलालले भन्नुभयाे, ‘अध्यादेश विस्थापित गर्न नयाँ विधेयक ल्याउँछु भन्नुभयाे, के नयाँ बजेट ल्याउन लाग्नुभएकाे हाे?’