अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सांसद अधिकारीको माग

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सांसद अधिकारीको माग


काठमाडौं– नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता ल्याउन माग गर्नुभएको हो ।

सांसद अधिकारीले ती नेपालीलाई फिर्ता नल्याएसम्म सरकारलाई काम गर्न नदिने चेतावनी दिनुभयो । ‘नेपाली नफर्काएसम्म सरकारले संसदमा काम गर्न सक्ने छैन, उनीहरूलाई अविलम्ब नेपालमा सुरक्षित अवतरण गराइयोस्’, उहाँले भन्नुभयो ।