काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले संसदसमक्ष प्रस्तुत गरेको श्वेतपत्रमाथि पूर्वअर्थमन्त्री विष्णु पौडेलले टिप्पणी गर्नुभएको छ ।
आज प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमाथि टिप्पणी गर्दै पूर्व अर्थमन्त्रीसमेत रनुभएका पौडेलले अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आरोपपत्रको रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।
‘बजेट कहाँ ल्याउनुपर्छ, कहिले ल्याउनुपर्छ, संसद विघटन गर्न हुन्थ्यो वा हुँदैन थियो, अध्यादेशमार्फत आएका बजेटको कुन-कुन निकायका कस्ता कस्ता विश्लेषणहरू छन् भन्ने विषयहरूले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिदैन,’ पौडेलले भन्नुभयो ।
पौडेलको टिप्पणीको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्







प्रतिक्रिया