काठमाडौं– नेकपा एमालेको सांसद महेश बस्नेतले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गर्नुभएको छ । उहाँले आज प्रतिनिधि सभाको बैठकमा विभिन्न विषयमा प्रश्न गर्नुभएको हो ।
यस्ता छन् सांसद बस्नेतले गरेका प्रश्न :
१. विद्यार्थीको परीक्षा स्वास्थ्य मापदण्ड पूरा नगरी किन लिइदैछ? वैकल्पिक उपायहरू अविलम्बन गर्न किन सकिएन?
२. खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती? यसलाई सहजिकरण गर्ने योजना के छ?
३. मेयर, कांग्रेस उपसभापतिको घरमा, होटेलमा खोप देखियो, धनकुटा नेपालि कांग्रेसको लेटर प्याडमा तपाई मन्त्री स्वयमले तोक लगाऐर खोप पठाउनु भएको छ यो बारेमा तापाइलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन?
४. ११ हजार विद्यार्थी एमबीबीएस पढ्न चाहेका छन्, हाम्रो क्षमता १८२५ जना मात्र छ, बाँकी ९ हजार विद्यार्थी विदेश जान बाध्य छन्, ९० अर्ब विदेश जाँदैछ यो बारेमा विगतमा दिएका सम्बधन रद्द गर्ने भन्दै हुनुहुन्छ, तपाई स्वास्थ्य माफियासँग मिल्नु भएको त होइन? यसमा तपाइको योजना के छ?
५. भक्तपुरका क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र, क्षयरोग केन्द्रलगायतका लागि ४ अर्ब बजेट छ्ट्याइएको छ, यसलाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रकृया अगाडि बढाइयोस् ।
प्रतिक्रिया