अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भारतीय कम्पनीद्वारा नेपालसँगको रेल सञ्चालन सम्झौता रद्द गर्ने चेतावनी

भारतीय कम्पनीद्वारा नेपालसँगको रेल सञ्चालन सम्झौता रद्द गर्ने चेतावनी


काठमाडौं– भारतको कोंकण रेलवे कर्पोेरेसन लिमिटेडले नेपालसँग सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । जयनगर-कुर्था रेलवे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता आएको भन्दै उसले यस्तो चेतावनी दिएको हो ।

बुधबार नेपाली रेल निर्माता कोंकण रेलवेले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई पत्र लेखेको हो ।

भट्टराईले महाप्रबन्धकबाट बुधबार नै राजीनामा दिइक्नुभएको छ ।

हाल इन्डियन रेलवे कम्पनीले कर्मचारी तथा विज्ञ उपलब्ध गराउन पुरानो दरअनुसार अस्वीकार गरेको पत्रमा उल्लेख छ ।

‘नेपाल रेलवे कम्पनीले रेल सञ्चालन गर्ने अनिश्चितताको बीच हामीलाई ‘होल्ड’ गरिएका दक्ष प्राविधिकलाई अन्य क्षेत्रमा लगाउनुपर्ने बाध्यता आएको छ’, कोंकण रेलवे कर्पोरेसन लिमिटेडका मेकानिकल प्रमुख डा. दिपक त्रिपाठीले लेखेको पत्रमा भनिएको छ, ‘रेल सञ्चालनको अनिश्चिताका बीच हामी लामो समय कुरेर बस्न सक्दैनौँ ।’