अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी सरकारमा सहभागी अजय शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण

लुम्बिनी सरकारमा सहभागी अजय शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण


काठमाडौं- नेकपा एमालेले लुम्बिनी प्रदेशकाे गठबन्धन सरकारमा मन्त्री बन्नुभएका सांसद् अजय शाहीलाई स्पष्टिकरण साेधेकाे छ ।

चार दलीय गठबन्धनलाई सघाएको भन्दै एमाले लुम्बिनी प्रदेश संसदीय दलले शाहीलाई तीन दिने स्पष्टिकरण साेधेकाे हाे । एमालेको सूर्य चिन्हबाट चुनाव लड्नुभएका शाही पश्चिम नवलपरासीकाे क्षेत्र नम्बर-१ बाट निर्वाचित हुनुभएकाे थियाे ।

पहिला एमाले संसदीय दलकाे बैठकमा सहभागी हुँदै संसदीय दलकाे सदस्यकाे रुपमा आफ्ना गतिविधि गर्नुभएका शाही पछिल्लाे समय पार्टी हित विपरितका गतिविधिमा संलग्न हुनुभएकाे एमालेले जनाएकाे छ ।

मुख्यमन्त्री शंकर पाेखरेल विरुद्ध अविश्वास प्रस्ताव टेबल गर्न भन्दै असंवैधानिक रुपमा साउन २७ गते बाेलाइएकाे प्रदेश सभाकाे विशेष अधिवेशनमा पार्टीकाे ह्वीप उल्लंघन गरी किन सहभागी हुनुभयाे भन्ने प्रश्न स्पष्टिकरण पत्रमा साेधिएकाे छ । सरकार विरुद्ध ल्याएकाे अविश्वास प्रस्तावमा किन हस्ताक्षर गर्नुभयाे भन्ने प्रश्न पनि एमालेले शाहीलाई साेधेकाे छ ।

शाहीका गतिविधिले पार्टीकाे शीर निहुराउने काम गरेकाले स्पष्टिकरण साेधिएकाे पत्रमा उल्लेख छ । दलकाे कार्यालयमा उपस्थित भइ तीन दिनभित्र चित्तपुझ्दाे जवाफ दिन एमालेले आग्रह गरेकाे छ ।

तत्कालीन नेकपा हुँदा सूर्य चिन्हबाट जितेकी विमला वलीलाई भने एमालेले यसअघि नै स्पष्टिकरण साेधेकाे छ । साेही स्पष्टिकरण पत्र बुझाउन जाँदा लुम्बिनी प्रदेश एमाले संसदीय दलका सचेतक भूमिश्वर ढकालमाथि विमलाले अपहरणकाे आराेप लगाउनुभएकाे थियाे । एमाले हूँ भन्दै विज्ञप्ति निकालेकी विमलाले पछि माओवादीमै छु भनेर पत्रकार सम्मेलन गरेरै जानकारी दिनुभएकाे थियाे ।