अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा प्रचण्ड प्रतिशोधको मोहोरा : शंकर पोख्रेल

प्रधानमन्त्री देउवा प्रचण्ड प्रतिशोधको मोहोरा : शंकर पोख्रेल


दाङ -नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड प्रतिशोधको मोहोरा भएको बताउनुभएको छ ।
दाङमा सहिद नेत्रलाल अभागीको सालिक अनावरणपछि आयोजित कार्यक्रममा पोख्रेलले प्रचण्डमा रहेको अस्थिरता अवसरवाद र महत्वकांक्षाले अहिलेको अवस्था सृजना भएको बताउनुभएको छ । ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने असफल प्रयासले अहिलेको अवस्था सृजना भएको हो’ पोख्रेलले भन्नुभयो ‘केपी ओलीलाई हटाउन अदालतको साहार लिंदा अहिलेको अवस्था सृजना भयो । ’
लोकतन्त्रमा सरकार परमादेशबाट होइन जनताको जनमतबाट निर्माण हुने पोख्रेलको भनाइ छ । ‘संसदीय लोकतन्त्रमा अदालतबाट सरकार आउदैन जनताको मतबाट आउछ’ पोख्रेलले भन्नुभयो ‘यसले नेपालको राजनीतिलाई दुई ध्रुवमा विभाजन गरेको छ । ’
नेपालीको राजनीतिमा एउटा स्वधिनता र राष्ट्रियता अंगाल्ने ध्रुवको नेतृत्व केपी ओलीले गर्ने र प्रचण्ड देउवाहरुले कुण्ठा र अवसरवादी ध्रुवको नेतृत् वगर्ने पोख्रेलले दाबी गर्नुभयो ।