अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा भिरबाट लडेर वृद्धको मृत्यु

बाजुरामा भिरबाट लडेर वृद्धको मृत्यु


बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।

आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले राससलाई जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारीअनुसार बिहान ७ बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताउनुभयो ।