अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २६२४ जनामा कोरोना पुष्टि, २० संक्रमितको मृत्यु

आज २६२४ जनामा कोरोना पुष्टि, २० संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७९५ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका छन् ।

त्यस्तै, आज १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन् ।

यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।