अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रासस समाचारको गुणस्तर अभिवृद्धि गर्छौँ : महाप्रबन्धक राई

रासस समाचारको गुणस्तर अभिवृद्धि गर्छौँ : महाप्रबन्धक राई


विराटनगर– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले रासस समाचार सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रासस प्रदेश नं १ कार्यालय आज सेवाग्राही एवं स्थानीय सञ्चारकर्मीहरूसँगको छलफलमा उहाँले रासस समाचारको गुणस्तर कायम गर्न आफू लागिपर्ने बताउनुभयो ।

उहाँले रासस समाचार सेवालाई समयानुकूल बनाउन पत्रकारको क्षमता र योग्यताको अधिकतम उपयोगको प्रयास गर्ने बताउनुभयो । महाप्रबन्धक राईले भन्नुभयो, ‘राससलाई सवल तुल्याउन सरकारको पनि सहयोग आवश्यक छ ।’