अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको अभिव्यक्तिले सत्ता गठबन्धनमा निराशा

प्रचण्डको अभिव्यक्तिले सत्ता गठबन्धनमा निराशा


काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज सत्ता गठबन्धनका नेताहरुलाई निराश पार्नु भएको छ । उहाँले पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार अल्पमतमा पर्न सक्ने भनेपछि गठबन्धन भित्र हलचल भएको छ ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा फर्किने कसरतमा रहेको बताएका छन् ।
‘सरकारको गठबन्धनबाट माधव नेपाल बाहिरी सकेको र महन्थ ठाकुरको भर छैन’ प्रचण्डको भनाइ उधृत गर्दै एक जना माओवादी नेताले सञ्चार माध्यमहरुलाई भन्नुभएको छ ‘त्यस कारण सरकार अल्पमतमा पर्न लागेको छ । यस्तै अवस्था कायम रहे केपी शर्मा ओली फेरी प्रधानमन्त्रीमा फर्कन्छन् ।’
माधव नेपालका २२ जना साँसदले सत्ताको साथ छोड्ने संकेत प्रचण्डले गर्नुभएको छ । सरकार गठन नहुँदै प्रचण्डको यो अभिव्यक्ति आएपछि गठबन्धनका नेताहरुले अरुप्रति होइन स्वयं प्रचण्डप्रति नै शंका गर्न थालेका छन् । अस्थिर स्वभावका प्रचण्डले आफ्ना कारण नभएर काँग्रेस कै कारण मन्त्रिपरिषद बिस्तार हुन नसकेको पार्टीका नेताहरुmलाई ब्रिफिङ गर्नुभएको छ ।