अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हाइटीमा हिजो गएको भूकम्पबाट मृत्यू हुनेको संख्या २७७ जना, मृतकको संख्या अझै बढ्न सक्ने

हाइटीमा हिजो गएको भूकम्पबाट मृत्यू हुनेको संख्या २७७ जना, मृतकको संख्या अझै बढ्न सक्ने


काठमाडौं -हाइटीमा हिजो गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म २७७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँको नागरिक सुरक्षा सेवाले यो जानकारी दिएको हो।

समाचार एजेन्सी स्पुतनिकका अनुसार भूकम्पका कारण सयौं मानिस घाइते र बेपत्ता भएका छन्। हताहती हुने मानिसको संख्या बढ्न सक्ने बताइएको छ। शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो।

यूएस जियोलोजिकल सर्भेका अनुसार हाइटीको राजधानीबाट करिब १५० किलोमिटर पश्चिममा भूकम्प गएको हो। जसको गहिराई १० किलोमिटर थियो।

रोयटर्सका अनुसार भूकम्प गएपछि त्यहाँका मानिस घर छोडेर सुरक्षित स्थानमा गएका छन्। भूकम्प गएसँगै सुनामी पनि आउन सक्ने चेतावनी दिइएको छ।

यसअघि ११ वर्षअघि पनि हाइटीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो भने हजारौं मानिसको मृत्यु भएको थियो।