काठमाडौं -मनसुनी वायु फेरि सक्रिय भएपछि आज बिहानै देखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू(भाग नजिक छ। त्यसैको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ।
महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मनसुनको सक्रियता बढेकाले केही दिन पानी पर्ने बताउनुभयो।अघिल्लो साताभन्दा मनसुन केही सक्रिय भएको छ। अब तीन दिन पानी पर्ने देखिन्छ। लगातार झरी पर्ने नहुन सक्छ तर पानी पर्ने, रोकिने हुन्छ,’ नगरकोटीको भनाइ छ ।
आगामी २४ घन्टामा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू( भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया