अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका १२ निर्णय

यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका १२ निर्णय


काठमाडौं– सत्ता साझेदार माओवादीको केन्द्रको केन्द्रीय समिति बैठकले विभिन्न गरेको छ । बैठकले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्नेलगायत निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै आइतबार बैठक सकिएको हो । विधान संशोधनसहित पारित गरिएको छ ।

यस्ता छन् माओवादी केन्द्र बैठकका निर्णयहरू :

१. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।

२. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।

३. २०७८ असोज २० गते वडा सम्मेलन

४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।

५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन

६. २०७८ पुस ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।

७. संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।

८. जनवर्गीय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न गर्ने ।

९. जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिइने ।

१०. विधान संशोधनसहित पारित गरिएको छ ।

११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।

१२. सबै रिक्त कमिटिमा पदपूर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।