काठमाडौं -हतियारकै बलमा अफगानिस्तान कब्जा गरेको विद्रोही संगठन तालिबानले अब युद्ध अन्त्य भएको र देशको शासन व्यवस्था कस्तो हुने भन्ने विषयमा चाँडै जानकारी दिने बताएको छ।
बीबीसीले जनाए अनुसार अनुसार तालिबान संगठनका प्रवक्ताले समाचार च्यानल अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध समाप्त भयो। अब अफगानिस्तानमा कस्तो किसिमको शासन व्यवस्था हुन्छ, यसबारे चाँडै स्पष्ट पार्नेछौं।’
्समाचार एजेन्सी रोयटर्सका अनुसार अलजजिरालाई दिएको अन्वर्तार्तामा तालिबानका प्रवक्ता मोहम्मद नइमले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहने र कुनै पनि मुद्दामा छलफल गर्न तयार रहेको बताएका हुन्।
प्रतिक्रिया