काठमाडौं– सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
आज बिहान बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
संसद् अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।






प्रतिक्रिया