अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुलमानको नियुक्तिविरुद्ध शाक्यद्वारा सर्वोच्चमा निवेदन

कुलमानको नियुक्तिविरुद्ध शाक्यद्वारा सर्वोच्चमा निवेदन


काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ ।

गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो ।

मन्त्रिपरिषद्को साउन २५ गतेको बैठकले कुलमान घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो ।

शाक्यले आफूलाई सोही पदमा पदस्थापना गर्न र सरकार, ऊर्जा मन्त्रालयलगायतलाई सहयोग गर्न आदेश माग गर्नुभएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार शाक्यको निवेदनको सुनुवाइ बुधबारका लागि तोकिएको छ ।