अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा अध्यादेश तरंग, बालकोटमा शीर्ष नेताहरू

एमालेमा अध्यादेश तरंग, बालकोटमा शीर्ष नेताहरू


काठमाडौं– सरकारले संसद अधिवेशन अन्त्य गर्दै दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आन्तरिक रणनीति बनाउन सुरु गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी सदस्यहरु भेला हुनुभएको छ । बालकोट स्रोतका अनुसार बालकोटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मालगायतका नेताहरु आउनुभएको छ ।

एमालेले पार्टी विभाजन हुनुअघि नै माधव नेपाल पक्षका समानुपातिकतर्फका सांसदहरुलाई कारबाही गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशका दुई सांसद पनि कारबाहीको सूचीमा छन् ।