अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदाँउदो सूर्य चिन्ह खारेजीको माग गर्दै एमाले निर्वाचन आयोगमा

उदाँउदो सूर्य चिन्ह खारेजीको माग गर्दै एमाले निर्वाचन आयोगमा


काठमाडौं -उदाँउदो सूर्य चिन्ह खारेजीको माग गर्दै नेकपा एमाले आज निर्वाचन आयोग जाँदैछ । आफ्नो पार्टीको चुनावचिन्ह सूर्यसँग मिल्दोजुल्दो  भएकोले उक्त चिन्ह खारेजीको माग गर्दै पार्टीको निर्वाचन विभाग आयोगमा जान लागेको हो ।
हिजो निर्वाचन आयोगले सावर्जनिक गरेको नेपालका राजनीतिक दल सम्बन्धी विवरणमा जनता जनवादी पार्टी नेपालको चुनाव चिन्ह क्षितिजबाट उदाउदै गरेको सूर्य चिन्ह राखिएको छ । ‘नेकपा एमालेको चुनाव चिन्हसँग मिल्दोजुल्दो चिन्ह निर्वाच्न आयोगले सावर्जनिक गरेकोले त्यसको खारेजीको माग गर्दै आज निवदेन दिदैछौं’ एमाले निर्वाचन विभागका सचिव बाबुराम दाहालले नेपाली बहस डट कमसँग भन्नुभयो ‘अरु पनि कुनै पार्टीलाई सूर्य चिन्हसँग मिल्दोजुल्दो संकेत नदिन पनि हामी माग दाबी गर्दर्छौं ।’

जनता जनवादी पार्टीकी अध्यक्ष सन्ध्या कटेल हुनुहुन्छ । गतबर्ष नेकपा एमाले नामको पार्टी दर्ता गरेर कटेल चर्चामा आउनुभएको थियो ।
स्रोतका अनुसार माधव नेपाल समुहले पनि सूर्यसँग मिल्दोजुल्दो चिन्ह दाबी गर्ने तयारी गरेको छ । त्यसैले जनता जनवादी पार्टीको उदाउदो सूर्य खारेज गरेर मिल्दोजुल्दो चिन्ह खारेज हुने नजिर बसाउने दाउमा एमाले छ । त्यती मात्र होइन आयोगबाट उदाँउदो सूर्य खारेज गराएपछि पुनः सूर्य जस्तो देखिने कुनै पनि चिन्ह कुनै पार्टीलाई नदिन आयोगलाई दबाब पुग्ने एमालेको विस्वास छ ।