काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ । बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलकको बैठक केही बेरअघि सकिएको हो ।
बैठकले तीन दिनभित्र संसदको बैठक बोलाउन माग गरेको छ ।
सरकारले संसद् बैठक अन्त्य गरेर पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै एमालेले विरोध गरेको छ ।
संसदमा छलफल गर्नुपर्ने धेरै विषय हुँदाहुँदै पनि सरकारले हठात् संसद् अन्त्य गर्नुलाई एमालेले गम्भरी रूपमा लिएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
बैठकमा तुलसा थापा र माया ज्ञवाली पनि सहभागी हुनुहुन्थ्यो । साथै, बैठकमा राष्ट्रियसभा सदस्य माधव पक्षका सांसद पर्शुराम मेघी गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।
तस्बिरमा एमाले संसदीय दलको बैठक :
प्रतिक्रिया