अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ ।

सरकारले सो अध्यादेश राष्ट्रपति कहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका स्रोतकाअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।