काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नुभयो– नेकपा एमाले समाजवादी ।
झण्डै ८ महिनादेखिको अन्तर्संघर्षपछि नेपालले नयाँ पार्टी दर्ता गर्नुभयो । आधा–आधा अवस्थामा रहेको नेपाल समूह विभाजित अवस्थामा भने सानो भएको छ ।
स्थायी कमिटीका दुई जना मात्रै नेपालको नयाँ पार्टीमा गएका छन् ।
निर्वाचन आयोगमा नेतृ रामकुमारी झाँक्रीले नेता नेपाललाई हात समाएरै दर्ताका लागि लैजानुभएको छ । सन्देश स्पष्ट छ– नेपाल समूहमा सबैभन्दा आक्रामक र अध्यक्ष ओलीसँगै सम्झौतै नगर्ने अडानमा झाँक्री नै हुनुहुन्थ्यो ।
प्रतिक्रिया