काठमाडौं । नेता प्रदीप नेपालले माधव नेपालले दर्ता गरेको एमाले समाजवादीले केन्द्रीय सदस्यमा राखेको आपत्ति जनाउनुभएको छ ।
केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।
‘नेकपा एमालेभित्रको झगडामा म कतै छैन । म मार्क्सवादी हुँ, त्यसैले म आफ्नो व्यक्तिगत स्वतन्त्रता कसैको अधिन राख्न सक्दिन,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुल्नुभएको छैन ।
प्रतिक्रिया