हेटौँडा– बागमती प्रदेशको प्रमुखमा अस्टलक्ष्मी शाक्यलाई नियुक्ती गर्ने तयारी भएको छ । केही बेरअघि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा गरेपछि शाक्य मुख्यमन्त्री हुने बाटो खुलेको हो ।
एमाले विभाजनलगत्तै आज दिउँसो नेकपा एमाले प्रदेसभा दलको नेतामा शाक्यलाई चयन गरिएको थियो ।
प्रदेश प्रमुखको कार्यालयले जनाएअनुसार शाक्यले केही बेरमा नियुक्ति र सपथग्रहण गर्दै हुनुहुन्छ । ‘अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ केही बेरमा हुँदैछ, हामी त्यसैको तयारीमा छौँ,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।
योसँगै शाक्यले पहिलो महिला मुख्यमन्त्री हुने इतिहाससमेत रच्नुभएको छ ।







प्रतिक्रिया