अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशको मूख्यमन्त्रीमा अष्टको सपथ,दुईजना मन्त्री नियुक्त

बागमती प्रदेशको मूख्यमन्त्रीमा अष्टको सपथ,दुईजना मन्त्री नियुक्त


काठमाडौं -बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख बिष्णु प्रसाईंले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गर्नुभएको छ । शाक्यले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको छ ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका हुनुहुुन्थ्यो । खनाललाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिनुभएको छ ।