अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वप्रकाशलाई चुनाव हराएका रविन भन्नुहुन्छ– ‘एमाले विभाजनकारीलाई साथ दिन सकिएन ’

विश्वप्रकाशलाई चुनाव हराएका रविन भन्नुहुन्छ– ‘एमाले विभाजनकारीलाई साथ दिन सकिएन ’


काठमाडौं– माधव नेपालले गठन गरेको पार्टीबाट साथ छोड्ने एकपछि अर्को थपिँदैछन् । नेकपा एमाले झापाका पूर्वअध्यक्ष रविन कोइरालाले पनि आफू माधव नेपालको पार्टीमा नरहेको स्पष्ट पार्नुभएको छ । लामो समय माधव झलनाथ समूहसँग निकट रहनुभएका कोइरालाले उहाँहरूको साथ छोडेको बताउनुभएको छ ।

नेपाली बहस डट कमसँग आज बिहान कुरा गर्दै कोइरालाले भन्नुभयो, ‘माधव कमरेडलाई पार्टी विभाजन नगरौँ भनेर सम्झाएको मान्नुभएन । तर, विभाजनकारीलाई साथ दिन मैले सकिन ।’

कोइरालाको नाम नेपालले बनाएको केन्द्रीय समितीमा उल्लेख छ । ‘म लामो समयदेखि माधव झलनाथको विचार समूहमा थिए । तर, एमाले विभाजन गर्ने उहाँहरूको विचारलाई मैले साथ दिन सकिन । म पार्टीको मुलधारमै छु,’ कोइरालाले भन्नुभयो, ‘२०५४ सालमा भएको एमाले विभाजनबाट हामीले धेरै कुरा सिक्नु पर्दछ ।’ मेचीनगर नगरपालिकाका पूर्वमेयर कोइराला २०५४ सालको विभाजनमा नेकपा मालेतिर लाग्नुभएको थियो ।

कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा झापा १ बाट काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई हराउनुभएको थियो ।