अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई ओलीको आग्रह : निष्पक्ष नबन्ने भए पद छोडिदिनुस्

सभामुखलाई ओलीको आग्रह : निष्पक्ष नबन्ने भए पद छोडिदिनुस्


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको कार्यशैली पार्टीमुखी भएको बताउनुभएको छ । उहाँले सभामुखलाई त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भनेर प्रश्नसमेत गर्नुभएको छ ।

‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो,’ नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सभामुखलाई माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न पनि चेतावनी दिनुभयो । ‘संसद चलाउनु छ कि छैन? सभामुख हुनु छ कि छैन?,’ अध्यक्ष ओलीले पश्न गर्नुभयो ।

उहाँले सभामुख सापकोटालाई काम गर्न नसकिने भए पद छाड्नसमेत आग्रह गर्नुभयो ।

‘उहाँले ठान्नुभएको होला उहाँले नसुनाएसम्म पद कायम रहन्छ । अग्नि सापकोटाजीलाई म सोध्न चाहन्छु संसद् चलाउनु छ कि छैन? सभामुख हुनु छ कि छैन? पार्टी कार्यकर्ता भएर सभामुख बन्न सकिन्न । होइन भने छोडिदिए हुन्छ । निष्पक्ष बन्नु छैन भने सभामुख छोडिदिनुस् । कार्यकर्ता भइरहने हो भने सभामुख हुन सकिँदैन । उहाँले रोज्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।