बुटवल– नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीले पार्टीको कार्यकर्ताको जस्तो व्यवहार गरेको आरोप लगाएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले सभामुख घर्तीमाथि सो आरोप लगाएको हो ।
सभामुख घर्तीले पद तथा मर्यादा अनुकूलको आचरण नगरी पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय व्यवहार गरी संसदीय व्यवस्थाको मूल्यमान्यता प्रतिकूल कार्य गरेको एमालेको आरोप छ ।
एमालेले सांसद विमलाकुमारी खत्री वली र अजय शाहीको विषयमा सभामुखले आफैँ न्यायाधीश बनेर गरेको फैसलाप्रति पनि पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले पार्टीको ह्विप उल्लंघन गर्ने र पार्टी निर्णयविपरीत सरकारमा सहभागी हुने एमाले सांसदहरू अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रहलाई सभामुख घर्तीले अस्वीकार गर्दै आफैं न्यायाधीश बन्न खोजेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया