बुटवल– नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन अवरुद्ध राख्ने भएको छ ।
प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई सोमबार पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक(पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन अवरुद्ध गर्ने बताउनुभयो ।
प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ ।
नेकपा एमाले शाही र खत्रीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया