काठमाडौं– एमालेमा सहमति गराउने एक जना प्रमुख सुत्राधार सुवाचन्द्र नेम्वाङले अब माधवकुमार नेपाललाई फर्काउन पहल गरिने बताउनुभएको छ ।
नेपाली बहस डट कमसँग कुरा गर्दै नेम्वाङले भोलिको स्थायी कमिटीले आज बालकोटमा भएको छलफलको अनुमोदन गरेपछि माधव नेपालसँग वार्ता गर्ने बताउनुभएको छ ।
‘धेरै हण्डर ठक्कर खाएर आजको सहमतिमा ल्याइएको हो । यसलाई भोलिको पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि अर्को चरण सुरू हुन्छ,’ नेम्वाङले भन्नुभयो, ‘पर्सिदेखि माधव नेपाललाई पनि एमालेमा फर्काउन हामी वार्ता सुरू गर्छौँ ।’
प्रतिक्रिया