अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा वडाध्यक्षसहित ७ सय ४५ नेताकार्यकर्ता एमालेमा प्रवेश

मोरङमा वडाध्यक्षसहित ७ सय ४५ नेताकार्यकर्ता एमालेमा प्रवेश


विराटनगर– जनता समाजवादी पार्टीबाट निर्वाचित मोरङको जहदा गाउँपालिका–४ का वडाध्यक्ष जयनरथ गिरीसहित ७ सय ४५ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जहदा नगर कमिटीले नेता तथा कार्यकर्ताको उपस्थितिमा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष गिरी, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी सीमा राजवंशीसहित ७ सय भन्दा बी व्यक्ति एमाले प्रवेश गरेका हुन् ।

जसपा, कांग्रेस, माओवादी केन्द्रका गाउँपालिकास्तरीय नेता तथा कार्यकर्तालाई एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालले खादा र अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।