अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा खाल्डोमा डुबेर बालिकाको मृत्यु

सप्तरीमा खाल्डोमा डुबेर बालिकाको मृत्यु


सप्तरी– जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।