अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्र ढकालद्वारा धितोपत्र बोर्डबाट राजीनामा

चन्द्र ढकालद्वारा धितोपत्र बोर्डबाट राजीनामा


काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताउनुभयो ।

उहाँ महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बन्नुभएको थियो । उहाँले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोख्नुभयो ।