अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘पदीय स्वार्थ र अंहकार नयाँ पार्टी दर्ताको तहसम्म पुग्यो’

‘पदीय स्वार्थ र अंहकार नयाँ पार्टी दर्ताको तहसम्म पुग्यो’


काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पदीय स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताउनुभएको छ ।

ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘सामान्य अवस्थामा पार्टी अगाडि बढिरहेको बेला केहीको स्वार्थ र अंहकारवश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभयो। उहाँहरू आन्दोलन र पार्टीलाई कमजोर बनाउन लागिराख्नुभएको छ ।’

अध्यष ओलीले विवादकै कारण पार्टीको अहिले भूमिका फेरिएको समेत बताउनुभयो । ‘हाम्रो भूमिका फेरिएको छ । हामी सरकारमा थियौँ । देश एउटा आशा र विश्वासका साथ अगाडि बढ्दै थियो। त्यस अवस्थामा हामीसँग दुई तिहाई थियो । ७ मध्ये ६ प्रदेशमा हाम्रो सरकार थियो । स्थानीय तहमा पनि एकछत्र नै थियाैँ । हामी समाजवादको बाटोमा थियौँ,’ उहाँले भनुभयो ।

अध्यक्ष ओलीले एमालेको कार्यदिशा र बाटो सही भएको भन्दै अन्तिम कित्ताकाटको अवस्थामा पुगेकाहरूलाई फर्किन पनि आग्रह गर्नुभयो ।