मोरङ– संघ र प्रदेशमा वामपन्थी दलहरु विभाजित छन् । नेकपा एमाले एकातिर छ, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनमोर्चालगायतका वामपन्थी दल अर्कोतिर छन् ।
एमाले संघीय संसदको सबैभन्दा ठूलो दल रहे पनि प्रमुख विपक्षमा छन्, अरु दल सत्तामा छन् । वामपन्थी दलसँग संसदीय चुनावमा कहिल्यै गठबन्धन नबनाएको कांग्रेसले चुनावमा केही सिट दिने आशमा पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित कांग्रेससँग टाँसिएका छन् ।
कांग्रेससँग चुनावी सहकार्य हुन सक्दैन भन्ने स्पष्ट सन्देश दिएको छ, उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनले ।
आगामी भदौ ३० र ३१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसकाविरुद्ध एमाले, माओवादी केन्द्र, नेकपा (एस) र राप्रपा चुनावी मैदानमा छन् । शेरबहादुर भण्डारी नेतृत्वको चुनावी गठबन्धन बनेको छ ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले तारामान सेरेङको नेतृत्वमा टिम घोषणा गरिसकेको छ ।
नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र पौडेलले उर्लाबारीमा बामपन्थीहरु एक भएर केन्द्रलाई सन्देश दिएको बताउनुभयो । उहाँले तीनतिर विभाजित भए पनि उर्लाबारीमा नेकपा जिवित रहेको प्रतिक्रिया दिनुभयो ।





प्रतिक्रिया