अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओलीलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा बालकोटमा

ओलीलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा बालकोटमा


काठमाडौं– चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नुभएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

बिहीबार बिहान काठमाडौं आइपुग्नुभएकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरू गर्नुभएको हो । एमाले टोलीमा स्थायी कमिटी सदस्य विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी हुनुहुन्छ ।

एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । चार दिन काठमाडौं रहँदा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो ।