अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तथ्यले भन्छ : विभाजनले एमालेको जग धरमराएको छैन

तथ्यले भन्छ : विभाजनले एमालेको जग धरमराएको छैन


काठमाडौं– नेकपा एमाले विभाजन गरेर नेकपा(एस) कुन कुन जिल्लाबाट कति संख्यामा स्थानीय तहका जनप्रतिनिधीहरु माधव नेपालतिर लाग्लान् भनेर चासोपूर्वक हेरिएको थियो । तर माधव नेपालमा लाग्ने संख्या अत्यन्त थोरै मात्र देखिएको छ । यसले एमाले पंक्ती उत्साहि र समावादी पंक्ति निरुत्साहित भएको छ ।

पार्टी विभाजनको उग्र नारा लगाउने रामकुमारी झाँक्री, मेटमणि चौधरी,विरोध खतिवडा, राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतका जिल्लाबाट अत्यन्तै न्यून संख्यामा मात्र जनप्रतिनिधिहरु समाजवादीतिर लागेपछि सो पार्टीको जनमत कति भन्ने कुरा स्पष्ट भएको छ । जनप्रतिनिधिको छनौटमा आफ्नो पार्टी नपरेपछि सो पार्टीका दोस्रो तहका नेताहरु समिक्षाको क्रममा रहेका छन् ।

नेकपा एमाले केन्द्रीय कार्यलय र निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेबाट ९ प्रतिशत जनप्रतिनिधि मात्र समाजवादीमा लागेका छन् । एमालेमा ९०.४ प्रतिशत जनप्रतिनिधि बसेका छन् । एमाले छोडेर समाजवादी जाने संख्या कर्णालीमा छ । जहाँबाट ३ सय ४१ जना जनप्रतिनिधिले एमाले छोडेर समाजवादी रोजेका छन् । दोस्रोमा प्रदेश नं २ बाट ३ सय ३४ जनाले समाजवादी रोजेका छन् । त्यसपछि वागमतीबाट २ सय ९३ जनाले समाजवादी रोजेका छन् ।

एमाले विभाजनको असर कस्तो रह्यो र कति जनप्रतिनिधिले आफूलाई चुनाव जिताएको पार्टी एमाले रोजे र कतिले नयाँ गठन भएको पार्टी समाजवादी रोजे ? जिल्लागत रुपमा हेरौं ।

स्रोत : एमाले केन्द्रीय कार्यालय