अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादी : बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे

एकीकृत समाजवादी : बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे


काठमाडौंं– नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश सभाको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन हुनुभएको छ ।

आइतबार बसेको पार्टी संसदीय दलको बैठकले पाण्डेलाई दलको नेता चयन गरेको हो । एकीकृत समाजवादीले दलको मान्यता पाएको पत्र निर्वाचन आयोगले प्रदेश सभा सचिवालयमा पठाएको थियो । त्यसपछि बसेको संसदीय दलको बैठकले दलको नेता चयन गरेको प्रदेश सभा सदस्य मुनु सिग्देलले जानकारी दिनुभयो ।

एमाले छोडेका वाग्मतीका १३ सांसदभि एकीकृत समाजवादी रोजेका छन् ।