काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब आफू एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिमकालमा एक्लिएको दृष्टान्ट पेस गर्दै आफूलाई पनि कहिलेकाहीँ एक/दुई वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताउनुभएको हो ।
काठमाडौंमा आइतबार आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले आफ्नो दिमागमा कहिलेकाहीँ त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीवीहरूलाई आग्रह गर्नुभयो ।
‘कहिलेकाहीं म पनि यस्तै हुँदोरहेछ । एक/दुई वर्ष जतिमा एक्लो पो हुने हो कि? र माओले भनेजस्तै ‘म एक्लो हुँ भन्नुपर्ने हो कि? कहिलेकाहीं यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के । तपाईंहरू यो पनि चिन्तनमनन गरिदिनुहोला । नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो? यो व्यक्तिगत कुरा हो र? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र?,’ प्रचण्डले भन्नुभयो ।





प्रतिक्रिया