अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढिगंगामा १६ वर्षीया किशोरी पालिकाको अध्यक्षमा नियुक्त

बुढिगंगामा १६ वर्षीया किशोरी पालिकाको अध्यक्षमा नियुक्त


विराटनगर- मोरङको बुढिगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष बनाइएको छ ।

५७ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर एकदिन आर्थिक र प्रशासनिक काम बाहेकका सबै कार्य गर्ने गरी एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनाइएको हो ।

भाद्र २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने अभियानलाई पूर्णता दिनको लागि बुढिगंगा गाउँपालिकाको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण मा एक दिनको लागि १६ वर्षीय सुनिता ऋषिदेवलाई गाउँपालिकाको अध्यक्ष बनाइएको हो ।