अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बचाउनका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

एमाले बचाउनका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल


कैलाली– नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमालेको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ ।

आज धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गर्दै उहाँले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले एमालेलाई जीवन्त राख्न आफू त्याग गर्न तयार रहेको बताउनुभएको हो ।

‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ । तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ,’ सुदूरपश्चिम प्रदेश समन्वय कमिटिका संयोजकसमेत रहनुभएका रावलले भन्नुभयो ।

उहाँले सम्पूर्ण कार्यकर्तालाई एकताका पक्षमा उभिनसमेत आग्रह गर्नुभयो ।