काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्षामा बुटवलमा हजारौं एमाले कार्यकर्ता खुलामञ्चमा भेला भएका छन् ।
अध्यक्ष ओली ११ बजे बुटवल पुग्ने भने पनि जहाजका कारण केही ढिलाइ भएको उहाँको सचिवलायले जनाएको छ । ओली बालकोट निवासबाट विमानस्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ ।
एमाले रूपन्देही जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा १६ वटै पालिकाबाट हजारौँ एमाले कार्यकर्ता र सर्वसाधरण खुलामञ्च आइपुगेका छन् ।
अध्यक्ष ओली आउन केही ढिलाइ भएपछि स्थानीय कालाकार र झाँकीहरूले एमाले र ओलीको पक्ष गीत गाएर नाचगान गरिरहेका छन् ।





प्रतिक्रिया