अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोलाले बगाएर एक बालकको मृत्यु

खोलाले बगाएर एक बालकको मृत्यु


काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो ।

खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा-११ कालढुंगास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

तामाङ स्थानीय विद्यालयमा कक्षा-३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।