अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्लोरिकल्चर एशोसिएसन नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मीन तामाङ

फ्लोरिकल्चर एशोसिएसन नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मीन तामाङ


काठमाडौं– पुष्प व्यवसायी मीनबहादुर तामाङको अध्यक्षतामा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को नयाँ कार्यसमिति चयन गरिएको छ ।

बुधबार सम्पन्न २९ औँ साधारणसभा तथा अधिवेशले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि एक भन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन भएको हो भने बाँकी पदमा निर्विरोध निर्वाचित गरिएको छ ।

महासचिवमा विश्वमणी पोखरेल र सचिवमा हिरामणी शर्मालगायत निर्विरोध हुनु भएको छ । तामाङले कुल १३१ मत प्राप्त गरी अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी रामजीप्रसाद तिमिल्सिनाले ५२ मत प्राप्त गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा १३२ मतसहित शिवबहादुर खड्का विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी प्रदिप खड्काले ४४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा सिताराम पन्तले ९६ मतसहित विजय हासिल गर्नुभएको छ भने प्रतिस्पर्धी महेन्द्रबहादुर सुवेदीले ७७ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा प्रतिस्पर्धी सुशिल खड्कालाई एक पतले पछि पार्दै ८९ मत प्राप्त गर्दै रामबहादुर तामाङविजयी हुनु भएको छ ।

निर्वतमान कार्यसमितिका अध्यक्ष तथा सल्लाहकार कुमार कसजु श्रेष्ठले नयाँ कार्यसमितिले फ्यानको विधान अनुरूप पुष्प क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वस्त रहेको बताउनुभयो ।