काठमाडौं- संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
विभिन्न मानवदवीबाट विभूषित हुनेको सूचीमा दर्जनौँ पत्रकारले पनि पदक पाउने भएका छन् ।
प्रकाशित सुचीअनुसार सुप्रवल जनसेवा श्री पदक पाउने पत्रकारमा तारानाथ दाहाल, डा. सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरिबहादुर थापा रहेका छन् । तर थापाले पदक अस्वीकार गरिसक्नुभएको छ ।
त्यसैगरी कृतिमय राष्ट्रदीप पदक ओम शर्मा, गुणराज लुइँटेल, महेश्वर दाहालले पाउनुहुने भएको छ । त्यस्तै प्रवल सेवा श्री पदकबाट पत्रकार कवीर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभूषण पाठक, समा थापा, विश्वमणि पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डा बालकृष्ण चापागाईं, शालिकराम सुवेदी, गोविन्द धिताल, माधव ढुङ्गाना, प्रकृती अधिकारी र गिरीराज निरौला विभूषित हुनुहुनेछ ।
यसैगरी पत्रकार नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, नगेन्द उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजकुमार यादव, आकाङ्क्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान र डम्बरबहादुर अधिकारी, भीष्मराज ओझा, रोशन सापकोटालाई जनसेवा श्री पदकबाट सम्मान गरिने भएको छ ।







प्रतिक्रिया